भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, धनकुटा नामारकण भएको यो कार्यलय वि.सं. २०२० सालमा पशु चिकित्सालयको नामबाट प्रारम्भ भई वि.सं. २०५२ सालमा जिल्ला पशु सेवा कार्यलय धनकुटा रहेको थियो। यो अस्पताल २०३६/०३७ मा पशु सेवा विभाग मातहत कोशी पहाडी क्षेत्र ग्रामीण विकास योजना अन्तर्गत पशु स्वास्थ्य र पशु विकास कार्यक्रम सम्बन्धी प्रचार प्रसार कार्य सञ्चालन गदै आएको छ। यस कार्यालयले वि.सं. २०४४ साल देखि गाई/भैसीमा कृत्रिम गर्भाधान सेवा समेत उपनब्ध गराउदै आइरहेको छ। वि.सं. २०४९ सालमा सो कार्यालयलाई जिल्ला कृषि विकास कार्यलय अन्तर्गत एउटा शाखाको रुपमा राखिएको थियो। कृषि कार्यक्रमको व्यवस्थापनमा जटिलता र सेवामा शिथिलता आएको महसुस गरी नेपाल सरकारले जिल्ला कृषि विकास कार्यालयबाट वि.सं. २०५२ साल देखि जिल्ला पशु सेवा कार्यलय छुट्टै स्थापना भएको हो।

   देशमा गणतन्त्र स्थापना भई संघियता लागू भएपछि २०७५/०७/०६ गते बाट साविक जिल्ला पशु सेवा कार्यालयको नाम परिवर्तन गरी भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, धनकुटा नामाकरण भई धनकुटा र तेह्रथुम दुई वटा जिल्ला कार्यक्षेत्र रहने गरी स्थापना भएको हो। धनकुटा नगरपालिकाको वडा नं. ७ मा अवस्थित यस कार्यलयले तेह्रथुम जिल्लाको म्यालुङ नगरपालिका वडा नं. २ बाट पनि सम्पर्क केन्द्रको रुपमा सेवा प्रवाह गर्दै आएको छ।